दूरदर्शी मार्गदर्शक

एउटैध्येय,एउटैसन्देश,समुन्नतस्याङ्जा,समृद्धदेश

कृषि क्रान्ति • वित्तीय साक्षरता • सुशासन

स्याङ्जाको दुर्गम गाउँ फापरथुमदेखि राष्ट्रिय स्तरको बैंकिङ नेतृत्वसम्म। जनताको जीवनस्तर उकास्ने संकल्पका साथ अघि बढेका एक दूरदर्शी व्यक्तित्व।

Bharat Raj Dhakal
0+
वर्षको अनुभव
0
वर्ष सीईओको रूपमा
0
सिस्टर कम्पनीहरू
0+
जिल्लाहरूमा सेवा
प्रेरणादायी जीवन यात्रा

गाउँबाट बैंकिङ नेतृत्वसम्म

स्याङ्जाको दुर्गम गाउँ फापरथुम जहाँ सपना देख्नै कठिन मानिन्थ्यो। त्यही माटोमा जन्मिएर हुर्किएका हुन् भरत राज ढकाल। पोखराबाट आई.ए. उत्तीर्ण गरेपछि सुनौलो भविष्यको खोजीमा उनी काठमाडौँ पुगे, तर सुविधासम्पन्न शहरको चमकले उनको मनलाई कहिल्यै बाँध्न सकेन। गाउँका डाँडाकाँडा, त्यहाँका जनताको पीडा र सम्भावनाले नै उनलाई निरन्तर तानिरह्यो।

त्यो समय देश सशस्त्र जनयुद्धको चरम अवस्थामा थियो। स्याङ्जा जिल्लाका बैंक तथा वित्तीय संस्थाहरू विस्थापित भई पोखरा झरेका थिए। सामान्य वित्तीय कारोबारका लागि पनि स्याङ्जाबासीले दिनभरि दुःख गरेर पोखरा धाउनुपर्ने बाध्यता थियो। यही पीडालाई नजिकबाट अनुभूति गरेका भरत राज ढकालले जनताको वित्तीय आवश्यकता पूरा गर्ने संकल्प लिएर काठमाडौँको सुरक्षित बाटो त्यागी स्याङ्जा फर्किए।

उनले वि.स.२०५६ मा स्याङ्जा सदरमुकाममा आफु प्रबन्धक भई रोयल सहकारी संस्था स्थापना गरे। साथै, 'सहारा नेपाल' नामक सामाजिक संस्था स्थापना गरी मुठ्ठीदान अभियान मार्फत अनाथ बालबालिकाको लालनपालन सुरु गरे।

"जब महिलाको उत्थान हुँदैन, तबसम्म घर, समाज र देशको विकास सम्भव हुँदैन।"

यसै सोचका साथ उनले वि.स.२०६० बाट सहकारीमार्फत स्याङ्जाका गाउँ–गाउँमा लघुवित्त कार्यक्रम सुरु गरे—महिलाहरूको समूह निर्माण, साना बचत संकलन, साना कर्जा वितरण र वित्तीय जागरण अभियान। यी सबै काम उनले जिल्लामै पहिलो पटक सुरु गरे। यसले हजारौँ महिलाको जीवनमा आत्मनिर्भरता र आत्मविश्वास भरेको थियो।

"जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ"

सुरुवातमा धेरैले उनलाई पत्याएनन्। तर उनको हिम्मत, आत्मविश्वास र दूरदृष्टि कहिल्यै डगमगाएन। अन्ततः वि.स.२०६३ पौष १९ गते, २९ जना शेयरधनीमार्फत रु.१ करोड ३० लाख पुँजी संकलन गरी मुक्तिनाथ विकास बैंक लिमिटेड दर्ता गर्न उनी सफल भए। जहाँ उनी स्वयं प्रमुख कार्यकारी अधिकृत (CEO) बने।

यस दर्शनलाई व्यवहारमा उतार्दै उनी कर्मचारीसहित घर–घर पुगे। टोल–टोलमा लघुवित्त समूह बने, विपन्न परिवारले सहजै वित्तीय सेवा पाए, हजारौँ महिलालाई व्यावसायिक तालिम दिइयो, र स्याङ्जामा वित्तीय साक्षरताको ऐतिहासिक अभियान सुरु भयो। यी सबै अभियानहरूको नेतृत्वकर्ता थिए—भरत राज ढकाल।

उनको कुशल नेतृत्व र सुशासनको कारण स्थापनाको १० वर्षमै स्याङ्जाबाट सुरु भएको बैंक राष्ट्रिय स्तरको अब्बल वित्तीय संस्थामा स्तरोन्नति भयो। महिला उद्यमशीलतामा उल्लेखनीय योगदान दिए बापत बैंक युरोपियन माइक्रोफाइनान्स अवार्डबाट सम्मानित भयो। आज बैंकले देशभर १५ लाखभन्दा बढी ग्राहकलाई सेवा, हजारौँ युवालाई प्रत्यक्ष रोजगारी दिइरहेको छ। रु.१ करोड ३० लाखबाट सुरु भएको बैंक आज रु.८ अर्ब पुँजी र रु.१३६ अर्बको वासलात आकारको हैसियतमा पुगेको छ।

लामो अध्ययन–अनुसन्धानपछि उनले निष्कर्ष निकाले—'स्वरोजगार सृजना, वैदेशिक पलायन रोक्न र उद्यमशीलता विकास गर्न कृषि क्षेत्रमा आमूल परिवर्तन अपरिहार्य छ।' यसै विश्वासका साथ उनले वि.स.२०७५ मा महिनाको लाखौँ तलब पाउने CEO पद त्यागे र नेपालकै पहिलो कृषि मूल्य श्रृंखलामा काम गर्ने कम्पनी—मुक्तिनाथ कृषि कम्पनी स्थापना गरे। 'गाउँको उत्पादन शहरमा, शहरको पुँजी गाउँमा' भन्ने मन्त्रलाई आत्मसात गर्दै उनले पहिलो २ वर्ष बिना कुनै सेवा–सुविधा काम गरे।

आज यो कम्पनी ७औँ वर्षमा प्रवेश गर्दै सातै प्रदेशका हजारौँ कृषकलाई व्यावसायिक कृषि परामर्श, सीप विकास तालिम, कृषि औजार, उपकरण, मलखाद उपलब्ध गराउँदै आएको छ। साथै, स्थानीय उत्पादनलाई उपभोक्तासम्म र अब अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने मार्गमा अघि बढिरहेको छ।

कृषि क्षेत्रको अपार सम्भावनालाई व्यवहारमा उतार्न सरकारी नीतिगत सुधार अपरिहार्य रहेको भन्दै निरन्तर वकालत गर्दै आएका भरत राज ढकाल आज नीति निर्माणको तहमा पुग्ने उद्देश्यसहित आउँदो प्रतिनिधि सभा निर्वाचनमा स्याङ्जा क्षेत्र नं.१ बाट नेपाली कांग्रेसका उम्मेदवारका रूपमा जनतामाझ उभिएका छन्। उनको यो यात्रा स्याङ्जाका लागि मात्र होइन, समग्र नेपालको समृद्ध भविष्यका लागि पनि आशाको किरण बनेको छ।

दृष्टिकोण, ध्येय र लक्ष्य

समृद्ध भविष्यको मार्गचित्र।

ध्येय

समुन्नत स्याङ्जा, समृद्ध देश।

दुरदृष्टि

सम्मुनत, न्यायपूर्ण, प्रविधिमैत्री र समावेशी आत्मनिर्भर समाज निमार्ण।

लक्ष्य

एकघर एक रोजगारी श्रृजना गरि विदेशिएका युवालाई स्वदेश फर्काउने।

मेरो १० बुँदे दुरदृष्टि

1

कृषि मूल्य श्रृंखलाबाट आत्मनिर्भर कृषि, सम्मानित किसान।

2

एक वडा–एक उत्पादन, उद्यमशीलता र किसानमैत्री वित्तीय पहुँच।

3

प्रविधिमैत्री र व्यवहारिक शिक्षा—दक्ष नागरिकको आधार।

4

महिला र बालबालिकालाई प्राथमिकतामा राखिएको गुणस्तरीय स्वास्थ्य सेवा।

5

पानी, सडक, ऊर्जा र इन्टरनेट—समृद्धिको आधारभूत पूर्वाधार।

6

संस्थागत संरचनाबाट सशक्त युवा उद्यमशीलता।

7

महिला, वृद्ध र पिछडिएका वर्गका लागि लक्षित राहत र सहुलियत।

8

प्रकोप जोखिम न्यूनीकरण—सुरक्षित समुदायको निर्माण।

9

कला, संस्कृति, कृषि र जैविक विविधताको संरक्षणबाट पर्यटन प्रवर्धन।

10

सरल, सहज र समान नागरिकमैत्री सेवा प्रणाली।

मूल्य र मान्यताहरू

दिगो विकास र समुदाय सशक्तीकरणका लागि मार्गदर्शक सिद्धान्तहरू।

जनतामा बैंक

'जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ' भन्ने दर्शन। ग्रामीण समुदाय र उपेक्षित जनसंख्यामा सिधै वित्तीय सेवा पुर्‍याएर अवरोधहरू तोड्दै।

कृषिमा आत्मनिर्भरता

स्वरोजगार र समृद्धि हासिल गर्न कृषि क्षेत्रमा आमूल परिवर्तन। मूल्य श्रृंखला व्यवस्थापन र गाउँको उत्पादनलाई शहरी बजारसँग जोडेर कृषकहरूलाई सशक्त बनाउँदै।

महिला सशक्तिकरण

जब महिलाको उत्थान हुँदैन, तबसम्म घर, समाज र देशको विकास सम्भव हुँदैन। लघुवित्त र सीप विकास कार्यक्रममार्फत महिला उद्यमीहरूका लागि अवसर सिर्जना गर्दै।

सुशासन र पारदर्शिता

कुशल नेतृत्व र सुशासनले नै संस्थालाई अब्बल बनाउँछ। पारदर्शी सञ्चालन, नैतिक अभ्यास र संगठनको हरेक तहमा जवाफदेहिता मार्फत विश्वास निर्माण गर्दै।

नवप्रवर्तन र वृद्धि

दिगो आर्थिक वृद्धि प्रवर्द्धन गर्न आधुनिक प्रविधि र नवीन समाधानहरू अपनाउँदै। समुदायको सेवा गर्ने मेरो प्रतिबद्धता कायम राख्दै बजार परिवर्तनसँग निरन्तर अनुकूलन गर्दै।

ताजा अपडेटहरू

News Image
२०७६ मंसिर

मुक्तिनाथ विकास बैंकको अध्यक्षमा भरत राज ढकाल निर्वाचित

१२ वर्ष लामो सफल सीईओ कार्यकालपछि, १३औं वार्षिक साधारण सभाले भरत राज ढकाललाई सर्वसम्मत रूपमा बैंकको अध्यक्षमा निर्वाचित गरेको छ।

पूरा पढ्नुहोस्
News Image
२०८० मंसिर

मुक्तिनाथ कृषि कम्पनीको ५औं साधारण सभा सम्पन्न

अध्यक्ष भरत राज ढकालद्वारा कृषि मूल्य श्रृंखला व्यवस्थापन र ग्रामीण अर्थतन्त्र सुधारमा कम्पनीको भूमिका बारे प्रतिवेदन प्रस्तुत।

पूरा पढ्नुहोस्
News Image
२०७९ कार्तिक

प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता

स्याङ्जा क्षेत्र नं. १ बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता। आर्थिक समृद्धि र सुशासनको एजेन्डा।

पूरा पढ्नुहोस्

मेरो मिशन

"कृषि क्रान्ति र वित्तीय सशक्तीकरण मार्फत समृद्ध राष्ट्र निर्माण गर्ने।"

के तपाईंसँग कुनै सुझाव छ?

तपाईंको सुझाव हाम्रो लागि अमूल्य छ। हामीलाई अझ राम्रो सेवा प्रदान गर्न मद्दत गर्न कृपया आफ्ना विचार र सुझावहरू साझा गर्नुहोस्।

नेतृत्व र आबद्धता

बैंकिङ, कृषि र सामाजिक क्षेत्रमा प्रभावकारी भूमिका।

मुक्तिनाथ विकास बैंक

अध्यक्ष / संस्थापक सीईओ

मुक्तिनाथ कृषि कम्पनी

संस्थापक / निर्देशक

मुक्तिनाथ क्यापिटल

पूर्व अध्यक्ष